१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

संसदको महासचिवमाथि छानविन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको चुनौति

संसदको महासचिवमाथि छानविन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको चुनौति
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसदको महासचिवलाई छानवीन गरी कारबाही गर्न चुनौति दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसदको महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । शुक्रवार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसदको महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गर्नुभएको थियो ।

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौति दिनुभयो । उहाँले महासचिवको विषय अदालतबाट सफाइ पाइसकेको विषय भएको पनि बताउनु भयो । उहाँले आगामी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित मन्त्रीहरुलाई बर्खास्त गरेको जवाफसहित संसदमा सम्बोधन गर्न आउन माग समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदले बनाएको तालिका बमोजिम १३ र १४ गते हाम्रो बैठक छ । उपयुक्त समयमा समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्युलाई रह्यो । सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यि सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु । सार्वभौम जनताले निर्वाचित गरेर पठाएको सांसद तिमीले अहिले भर्खर राजीनामा दिनुपर्छ, रत्नपार्क, टुँडिखेलमा जाउँ भन्नेगरी कोही अमुक सांसदले यो संसदमा त्यस प्रकारको प्रक्रियामा सहभागि हुने मिल्छ ? यो संसदको समग्र चरित्र, विधि, प्रक्रियासम्मत् विषय हो ? सभामुखलाई रुलिङ गर्ने यो नियमावलीले हामी सांसदहरुलाई कहाँ अधिकार दिएको छ ? हामी सांसदहरुले यति कुरा जान्नुपर्छ कि पर्दैन ? सभाको महासचिवमाथि लक्षित भएर व्यक्तिगत लाञ्छना लगाउनेगरी, चरित्र हत्या गर्ने गरी विषयवस्तु आउने सांसदको तहबाट त्यो मिल्यो कि मिलेन ? यदी माननीय सदस्यहरुले भनेकै जस्तो हो भने सरकारका प्रधानमन्त्री त यहाँकै दलको हुनुहुन्छ । गृहमन्त्री त यहाँकै दलको हुनुहुन्छ । किन यतिधेरै कष्ट गरिरहनुपर्छ यहाँ आएर ? कारबाहीको प्रक्रिया, छानविनको प्रक्रिया, अनुसन्धानको प्रक्रिया सरकारले गर्ने होला । अनि ति विषयवस्तु उठाउनुपर्ने दायित्व के प्रतिपक्षको सांसदहरुको मात्रै हो र ? यदि यस्तो गलत प्रक्रिया भएका छन् भने जोसुकैको हकमा छानवीन गरोस् । दण्डित गरोस् दोषि देखिएमा । नत्र अदालती प्रक्रियामा समेत साफ भएको विषय हो ।’

उहाँले सरकार प्रतिनिधि सभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताउनु भयो ।