२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा लस्सा ज्वरोबाट ७२ को मृत्यु



अ+ अ-

अबुजा ।यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ । यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीयरूपमा कम हो ।

मुलुकमा लस्सा ज्वरोको प्रकोपबाट अहिलेसम्म दुई स्वास्थ्यकर्मी प्रभावित भएको एनसिडिसीले बताएको छ । एनसिडिसीका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू यस ज्वरोबाट सबैभन्दा बढी पीडित छन् ।

लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो । मुसाको र्याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइन्छ ।

एनसिडिसीका अनुसार सन् २०२३ मा लस्सा ज्वरोबाट एक हजार दुई सय २७ मामिलामा कम्तीमा दुई सय १९ को मृत्यु भएको थियो ।