६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा लस्सा ज्वरोबाट ७२ को मृत्यु



अ+ अ-

अबुजा ।यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ । यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीयरूपमा कम हो ।

मुलुकमा लस्सा ज्वरोको प्रकोपबाट अहिलेसम्म दुई स्वास्थ्यकर्मी प्रभावित भएको एनसिडिसीले बताएको छ । एनसिडिसीका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू यस ज्वरोबाट सबैभन्दा बढी पीडित छन् ।

लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो । मुसाको र्याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइन्छ ।

एनसिडिसीका अनुसार सन् २०२३ मा लस्सा ज्वरोबाट एक हजार दुई सय २७ मामिलामा कम्तीमा दुई सय १९ को मृत्यु भएको थियो ।