२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद देवकोटाको निष्कर्ष: महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने हो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताउनु भयो । सांसद देवकोटाले पुनले चलाउनुभएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताउनु भयो । सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वीरगंज कृषि औंजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताव लेख्दै, किताव बेच्दै हिँडिरहनु भएको छ । एक जना व्यक्तिले किताव किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ । यसको प्रशंशा गर्नैपर्छ । तर सरकारका लागि यो विषय लज्जा हुनुपर्ने हो । मैले चाहीँ वास्तवमा त्यही महशुस गरेको छु । भोलि अन्य व्यक्तिहरु यसरी नै सरकारी संयन्त्रहरु चलाउनु छ भन्दै हिँड्ने थाले भने के होला ? सरकार सरकारको रुपमा रहोस् । राज्य राज्यको रुपमा रहोस् । महावीर पुनसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ ? वास्तविकता के हो ? यो संसदलाई जानकारी दिनुपर्‍यो । महावीरकै सन्र्भमा उहाँजस्तो सरल, योग्य, क्षमतावान र अनुभव भएका व्यक्तिको राज्यले सम्मान चाहीँ गर्नुपर्छ । अनुसन्धानको क्षेत्रमा उहाँले चाहेको वातावरण निर्माण गरिदिनु पर्छ । संघीय सरकारले मात्रै होइन, प्रदेश र स्थानीय तहले पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनको अभियानलाई साथ दिन आवश्यक छ । वास्तवमा यो राष्ट्रिय सभाकै चर्चा गर्ने हो भने पनि यो सभामा हुनुपर्ने व्यक्तित्वहरु भनेको महावीर पुनहरु जस्तै हो । ’

सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो ।