१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप फुटबल आजदेखि, केपीएफसी र चर्च ब्वाइज भिड्दै



अ+ अ-

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै छन् ।

एन्फा कमप्लेक्स सातदोबाटोमा हुने उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार सहभागी हुने कार्यक्रम छ । यस्तै आज आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी) र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाउने छन् ।

नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लब रहेका छन् ।

सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०र५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।