२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ: संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जानुस्



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान भनेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने भनेपछि सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन् ।

उनले भने, ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन । संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’