२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न एमालेको माग



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले बालकुमारी घटनामा छानविन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गर्नुभएको हो । उहाँले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनु भयो । उहाँले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले दुई जना युवाहरुको मृत्यु भएको सन्दर्भमा सामान्य मृत्यु भन्नुभएन । संसदको रेकर्डमा छ बालकुमारीमा दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले यो शब्द प्रयोग गर्नुभएको छ । यदि बालकुमारी घटनामा दुईजना युवाहरुको हत्या हो भने त्यो हत्या कसले गर्‍यो त ? कुनै नागरिक तहबाट एकअर्कामा झडप भएर हत्या भएको होइन । त्यो सुरक्षाकर्मीको गोलिबाट बालकुमारीमा दुईजना युवाको हत्या भएको छ । त्यसकारण यसमा सिंगो सरकार जिम्मेवार छ भन्नेकुरा हामी जोड दिएर भन्न चाहन्छौँ । भौतिक पूर्वाधार मन्त्रीजीको लापरबाही उहाँ जसरी त्यो बाटोमा जानुभयो । छानविन आयोगले मन्त्री दोषि छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा, फेरि पदमा बस्ने कुरा नैतिक हिसावले हुँदै हुँदैन । अनि यो सबै सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीजी स्वयम् प्रधानमन्त्रीजीले हत्या हो भनिसकेपछि प्रहरीको गोलीबाट युवाहरुको हत्या भएको छ भने गृहमन्त्रीजीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? आयोगको प्रतिवेदन संसदमा टेबुल गर्नुपर्‍यो । संसदमा यो कुरा प्रधानमन्त्रीले बताउनुपर्‍यो । आयोगको प्रतिवेदन सार्वजनिक गर्न म हाम्रो दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताउनु भयो । उहाँले लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न माग गर्नुभयो । यि सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उहाँको भनाई छ ।

सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाउनु भयो ।