३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । 

एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । गङ्गालालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको एन्फाले जनाएको छ । 

मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, इशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधरलगायत छन् ।