काठमाडौँ । सारथी नेपाल लघुवित्तद्वारा ९.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आव २०६६/७७ सम्मको सञ्चित मुनाफाबाट मर्जर पश्चात कायम रहेको चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले जानकारी दिनुभएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कमपनी सचिव घिमिरेले बताउनुभयो ।