• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo
Latest
★   पेट्रोल, डिजेल र मट्टितेलको मृल्यवृद्धि ★   लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिव ★   विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय ★   आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ? ★   पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे ★   मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर ★   नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई ★   मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान ★   नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् त ?

नेपाल ‘ए’ लाई हराउदै क्यानडा–११ ले जित्यो सिरिज



काठमाडौँ । मैत्रीपूर्ण एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’लाई चार विकेटले हराउदै क्यानडा–११ ले सिरिज जितेको छ । भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला २–१ ले जित्दै आफ्नो पक्षमा पारेको हो ।

नेपालको ‘ए’ ले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय ईनिङ खेले । उनले ७९ बलमा ६ चौकासहित अविजित ५८ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ४२ रन बनाउदा नवनित धालिवालले ३८, निखिल दत्तले १४ र दिलप्रित बाजवाले ११ रन जोडे ।

नेपालीको लागि साहब आलमले चार विकेट लिदा शेर मल्ल र बसिर अहमदले एक–एक विकेट हात पारे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले ४७ ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाएका थिए । घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । कुमालले ५३ बलमा दुई चौकासहित २७ रन बनाए । बसिर अहमदले २५, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिए ।

क्यानडाको लागि डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले एक–एक विकेट लिए ।

तीन खेलको सिरिजको पहिलो खेलमा क्यानडा–११ ले नेपालको ‘ए’लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ ले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।