२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अठार प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन



अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पकर्मा नआए वा हाजिर नभए कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाइने छ ।”

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका(३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुङ्गा सिशिचरण(९ का प्रबह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेस पासी, प्रसह रञ्जीतकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुबेदी, प्रापज राम विक, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । रासस