१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकुल प्रीतले गरिन् निर्माता ज्याकीसँग विवाह



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रीत सिंहले लगनगाँठो कसेकी छन् । बुधबार भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा रकुलले निर्माता ज्याकी भगनानीले विवाह गरेकी हुन् ।

रकुल र ज्याकीको विवाहमा बलिउडका धेरै सेलिब्रेटी उपस्थित थिए । विवाह समारोहमा अभिनेत्री शिल्पा शेट्टीले पति राज कुन्द्रासँग प्रस्तुति दिएकी थिइन् । शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग देखिएका थिए ।

यस्तै, विवाहमा अभिनेत्री अनन्या पाण्डे, अर्पिता मेहता, जान्हवी धवन र अन्तारा मोतीवाला मारवाह पनि सहभागि थिए ।

विवाहपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै रकुल प्रीतले लेखेकी छिन्, ‘अब तिमी सधैंका लागि मेरो हौ।’ यससँगै उनले विवाहको मिति (२१–०१–२०२४) पनि समावेश गरेकी छन् ।