२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनताका मुद्दा छायामा, सत्ता र शक्तिमा मात्र बहस

जनताका मुद्दा छायामा, सत्ता र शक्तिमा मात्र बहस
अ अ+ अ-

नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेमा चर्को बहस छ । तर जनताको मुद्दाले प्राथमिकता पाउन सकेका छैनन् ।

अहिले विभिन्न क्षेत्रका जनता न्याय माग्दै सडकमा उत्रिएका छन् । २३ दिनको पैदलयात्रापछि पूर्व र पश्चिमबाट मिटरब्याजपीडित काठमाडौं आएका छन् । सहकारी पीडितले सहकारी विभागमा धर्ना जारी राखेका छन् । लघुवित्तपीडितको अवस्था उस्तै छ । उनीहरु पनि राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । तर उनीहरुका आवाजलाई न सरकारले सुनेको छ न राजनीतिक दलले नै ।

राजनीतिक दलहरुप्रति जनतामा आक्रोस बढेको मात्र छैन, तत्काल सम्बोधन नगरे त्यसले सरकार नै अप्ठ्यारो पर्ने स्थिति देखिँदैछ । तर सरकारका मुख घटक नेपाली कांग्रेस नीति निर्माण गर्ने महासमिति बैठकमा व्यस्त छ । महासमितिमा पनि नीतिका विषयमा भन्दा सत्ता, शक्ति र राजनीतिक दाउपेचले प्राथमिकता पाएको देखिन्छ । यो बैठकमा जनताका समस्या र एजेन्डामा कुनै पनि छलफल भएको छैन ।

महासमिति बैठकमा पेश भएका कुनै पनि प्रतिवेदनमा जनताका मुद्दा कसरी उठाउने र सम्बोधन गर्ने भन्ने स्पष्ट मार्गचित्र छैन । बरु चार वर्षपछि हुने चुनावको चर्चा छ । अबको चार वर्षपछि हुने चुनावमा राजनीतिक समीकरण बनाएर जाने कि एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा बैठकमा गरमागरम बहस भइरहेको छ । जनता सडकमा उत्रिएर न्याय मागिरहेका विषयले प्राथमिकता पाएका छैनन् । जबकी जनतालाई चुनावमा गठबन्धन होस् या नहोस् भन्ने कुनै सरोकार नै हुँदैन । उनीहरुलाई केबल देशको विकास र समृद्धि होस् र आफूहरुले न्याय पाऔं भन्ने छ ।

सरकार र राजनीतिक दलहरुप्रति असन्तुष्टि बढिरहँदा कांग्रेस मौन छ । बेरोजगारी बढेको बढ्यै छ । मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । सरकारले विकास खर्चका लागि भनेर छुट्याएको बजेट ढुकुटीमै थन्किएको छ । विकासे आयोजनाहरु बजेट नपाएको भन्दै अलपत्र छन् तर सरकारले बजेट खर्च नै गर्न सकेको छैन । त्यसले पनि रोजगारीका अवसर सिर्जना नभएको हो । जबकी अर्थमन्त्री नेपाली कांग्रेसकै नेता प्रकाशशरण महत छन् ।

जनताका तत्कालीन समस्या छ कांग्रेसले उठाउन सकेन नै पार्टी रुपान्तरणको मुद्दा पनि छायामा परेको छ । सभापति शेरबहादुर देउवा र महामनत्री गगन थापाबीच चर्केको वैचारिक मतभेदको छाया महासमितिमा देखिएको हो । सभापति देउवाले थापाको प्रस्तावलाई औपचारिक रूपमा प्रस्तुत गर्न सहमति जनाए पनि महासमितिबाट असफल बनाउने रणनीति अघि सारेपछि सदस्यहरू यस मुद्दामा विभाजित भएर बोल्न थालेका छन् । वैचारिक दस्ताबेजमाथिको समूहगत छलफलमा अधिकांश सदस्यहरू केन्द्रको गुटगत भावनाअनुसार चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पक्ष र विपक्ष विभाजित छन् ।

पार्टीका दस्ताबेजदेखि सहभागीको बहससम्ममा भ्रष्टाचार नियन्त्रणको ठोस योजना आएको छैन । मिटरब्याज, सहकारी, लघुवित्त पीडितदेखि दुग्ध किसानका मुद्दा छायामा छन् । आर्थिक अवस्था सुधार र विस्थापित उद्योगको पुनस्र्थापनाको योजनामा पनि कांग्रेसले कुनै काम गर्न सकेको छैन । जनताका जल्दाबल्दा समस्यामा चुप लागेर बस्ने कांग्रेसले आगामी चुनावमा कुन मुख लिएर जनता माझ पुग्छ भन्ने प्रश्न उठेको छ ।