२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन



अ+ अ-

काभ्रेपलाञ्चोक (पाँचखाल): नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ ।

‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज यहाँ आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ”, मन्त्री शिलरले भन्नुभयो । यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिने छ । मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस