• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   दाहालको अनुमान: परराष्ट्रमन्त्री राणालाई भारतले महत्व दिएको एमालेलाई मन परेको छैन ★   समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं: अध्यक्ष बस्नेत ★   धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल ★   जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो ★   ‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’ ★   एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी ★   रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र ★   ‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’

नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले अर्धशतकीय इनिङ्स खेले । उनले ५६ बलमा ५२ रनको योगदान दिए । माइकल भान लिंगेनले ३१, रुवेन ट्रम्पेलमनले १६ रन जोड्दा यस्तै जेजे स्मिथ ३४ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन तथा दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रोहित पौडेल र ललित राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा १६८ रन जोडेर अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन तथा करण केसीले १२ रन जोडे ।

नेपालका तीन ब्याट्सम्यान खाता नखोली आउट भए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमै पेभिलियन फर्किएका हुन् ।

बलिङतर्फ नामिबियाका बेर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी इटोनले चार–चार तथा ज्याक ब्रासेल र जेर्हार्ड इरामसले एक–एक विकेट लिए । यसअघिको खेलमा नामिबियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।