• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’



काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो ।

हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको बताउनु भयो । तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उहाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो तापक्रम वृद्धिकै कारण यस्तो भएको हो । यसमा दुईमत छैन । ठयाक्कै कति भयो, विगतमा कति थियो ? यो बाँकि रहेको समयमा पनि हामीले नापेर हेर्छौ । अन्य ठाउँमा पनि नापेको हिसावबाट विस्तृत अध्ययनबाट त्यो थाहा पाउँछौं । म आफैँ पनि गएको थिए । पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाईटमा एकदम गर्मी भइराखेको थियो ।

थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरुले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेट कालो, निलो खालको बादलहरु मडारिइरहेको कुराहरु गर्नुभयो ।

त्यो हुनासाथ उहाँहरु बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरु गर्नुभएको थियो । त्यो दिन बिहान पानी परेको थिएन । तर त्यो दिन झन कालो बादलहरु थियो । त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरुले नदेखेको कुरा हामीलाई राख्नु भयो । हपहप गर्मी र अनवरत रुपमा पानी परिरहेको थियो ।

सामान्यतया अहिले पानी पर्दाको तापक्रम र छेउछाउको तापक्रम बराबर नै हुन्छ । त्यो पानी र तापक्रम दुवैको कारणले गर्दा त्यहाँ भएको जुन मोरेन हुन्छ । त्यो पहिलो लेकमा फुट्न थाल्यो । त्यो फुटेको कुरा स्पष्ट देखिन्छ । हामीहरु दुई राउण्ड हेलिकप्टरबाट फुटेजहरु लिएका थियौं । त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो ।

जुलाई र अगष्टमा तापक्रम बढी भएको हामीले पायौं । असार साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याँई त्यसले पनि गर्यो । हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आईससहित तल्लो तालमा गएर बजारियो । र तल्लो तालको मुख कमजोर भएको यो हुन गएको हो । यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो । ’

प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरुले बताएका थिए । थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो ।