१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको हो । प्रतिनिधि सभाको बैठक बिहीवार (भोलि) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ ।

त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उहाँले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘भोलि ११ः३० कार्यव्यवस्था बैठक बोलाइएको । भोलि प्रम सँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम छ । त्यसपछिका बैठकहरु कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा आज प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्नुभयो ।

आजको बैठकको निष्कर्ष के रह्यो भने भोलि प्रमसँग प्रश्नोत्तर सकेपछि ११, १२ र १३ गते संसदको बैठक गर्ने प्रश्ताव गरेको । अन्तिम निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित, व्यवस्थित, प्रभावकारी होस् । त्यसप्रकारको प्रश्न माननीयज्यूहरुबाट उठान होस् भन्ने कुरामा आजको बैठकमा सभामुखबाट ध्यानाकर्षण भयो । समितिका बैठकहरु प्रभावकारी ढंगले भइरहेको अवस्था छैन । विधेयकहरु विचाराधिन छ ।

समितिले विधेयकमाथि निर्णयार्थ प्रश्तुत गर्न नसक्दाखेरी कानूनको रुपमा जान सकेनन् । त्यसकारण संसद भएको दिन बाहेकका दिनहरुमा सांसदहरुले अबिलम्व अनिवार्य समितिका बैठकहरु बस्ने । बैठकमा विधेयकमाथि छलफल चलाएर विधेयकहरु अगाडी बढाउने कुरामा प्रमुख सचेतकहरुले ख्याल गरिदिनुपर्यो भनेर उहाँले छलफलमा उठाउनुभएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताउनु भयो । उहाँले आगामी संसद बैठकहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको भोलि कार्यक्रम छ । त्यसलाई व्यवस्थित कसरी गर्ने ? लामो समय ग्याप भएकोले विभिन्न घटनाक्रमहरु पनि आइरहेका छन् । ति घटनाक्रमहरुलाई कसरी जोड्ने भन्ने बारेमा कुराकानी भयो । गृहकार्य भएकोले निर्णय नै भन्ने त भएन ।

निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकमा गर्छौं । खासगरी भोलिको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने एउटा कुरा र अबको कार्यतालिका कसरी लैजाने भन्ने विषयवस्तु छ । कार्यतालिकाको प्रस्तावको बारेमा हाम्रो छलफल भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीवार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताउनु भयो ।