• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको हो । प्रतिनिधि सभाको बैठक बिहीवार (भोलि) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ ।

त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उहाँले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘भोलि ११ः३० कार्यव्यवस्था बैठक बोलाइएको । भोलि प्रम सँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम छ । त्यसपछिका बैठकहरु कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा आज प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्नुभयो ।

आजको बैठकको निष्कर्ष के रह्यो भने भोलि प्रमसँग प्रश्नोत्तर सकेपछि ११, १२ र १३ गते संसदको बैठक गर्ने प्रश्ताव गरेको । अन्तिम निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित, व्यवस्थित, प्रभावकारी होस् । त्यसप्रकारको प्रश्न माननीयज्यूहरुबाट उठान होस् भन्ने कुरामा आजको बैठकमा सभामुखबाट ध्यानाकर्षण भयो । समितिका बैठकहरु प्रभावकारी ढंगले भइरहेको अवस्था छैन । विधेयकहरु विचाराधिन छ ।

समितिले विधेयकमाथि निर्णयार्थ प्रश्तुत गर्न नसक्दाखेरी कानूनको रुपमा जान सकेनन् । त्यसकारण संसद भएको दिन बाहेकका दिनहरुमा सांसदहरुले अबिलम्व अनिवार्य समितिका बैठकहरु बस्ने । बैठकमा विधेयकमाथि छलफल चलाएर विधेयकहरु अगाडी बढाउने कुरामा प्रमुख सचेतकहरुले ख्याल गरिदिनुपर्यो भनेर उहाँले छलफलमा उठाउनुभएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताउनु भयो । उहाँले आगामी संसद बैठकहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको भोलि कार्यक्रम छ । त्यसलाई व्यवस्थित कसरी गर्ने ? लामो समय ग्याप भएकोले विभिन्न घटनाक्रमहरु पनि आइरहेका छन् । ति घटनाक्रमहरुलाई कसरी जोड्ने भन्ने बारेमा कुराकानी भयो । गृहकार्य भएकोले निर्णय नै भन्ने त भएन ।

निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकमा गर्छौं । खासगरी भोलिको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने एउटा कुरा र अबको कार्यतालिका कसरी लैजाने भन्ने विषयवस्तु छ । कार्यतालिकाको प्रस्तावको बारेमा हाम्रो छलफल भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीवार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताउनु भयो ।