२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले अर्धशतकीय इनिङ्स खेले । उनले ५६ बलमा ५२ रनको योगदान दिए । माइकल भान लिंगेनले ३१, रुवेन ट्रम्पेलमनले १६ रन जोड्दा यस्तै जेजे स्मिथ ३४ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन तथा दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रोहित पौडेल र ललित राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा १६८ रन जोडेर अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन तथा करण केसीले १२ रन जोडे ।

नेपालका तीन ब्याट्सम्यान खाता नखोली आउट भए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमै पेभिलियन फर्किएका हुन् ।

बलिङतर्फ नामिबियाका बेर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी इटोनले चार–चार तथा ज्याक ब्रासेल र जेर्हार्ड इरामसले एक–एक विकेट लिए । यसअघिको खेलमा नामिबियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।