५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा राप्रपाको जनप्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ ।

बुधवारबाट राप्रपाले काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजसंस्था पुन: स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो । भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई मागपत्र प्रश्तुत गरेका छन् । राप्रपाको मागपत्रमा राजसंस्था पुन:स्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुन:स्थापना लगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मागमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् । साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव छन् ।

फोटो: ताईवानि फोटो पत्रकार शाओ वोई पेङ