२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको जितमा मेसीको दुई गोल



अ+ अ-

म्याड्रिड । बुधबार स्पेनी ला लिगामा भएको खेलमा बार्सिलोनाले एल्चेलाई  ३–० ले हराएको छ । लियोनल मेसीले दुई गोल गर्दा बार्सिलोनाले जित आफ्नो हातमा पारेकोहो । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे ।

७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।