१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली समूहको स्थायी कमिटी बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएकोमा 
गृहकार्य गर्नुपर्ने भएको भन्दै बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजको स्थायी कमिटीको बैठक नबस्ने र अबको एक–दुई दिनपछि मात्रै बैठक बस्ने पनि जानकारी दिनुभयो । 

हिजो (बुधबार) बसेको बैठकले १३ फागुनभित्रै संसद बैठक बोलाउने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।