काठमाडौं । आज बजारमा सुनको मुल्यमा पुनः गिरावट आएको छ । आज तोलामा रु ५ सय रुपैयाँको गिरावट भएको छ ।
हिजो (बुधबार) प्रति तोला रु ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा रु ५ सय रुपैयाँले घटेर रु ८९ हजार ३ सय रुपौयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८८ हजार ८ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।
यता चाँदीको मुल्य भने प्रति तोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।








