१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–माधवलाई राजेन्द्र महतोको प्रश्न तपाईंहरूको कुन पार्टी हो ? (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।  बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव पक्षले प्रस्ताव गरेको जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभयो । छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताउनुभयो । उहाँले भन्नुभयो ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरु राख्नुभयो ।

हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा पर्‍यो त्यो प्रष्ट हुनुस् र तपाईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’ 

जसपा नेताहरुले पटक पटक आफुहरुले गरेको सहमतीमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् ।

बरिष्ठ नेता महतोले भन्नुभयो ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन विताईरहेका छन् । यी सवालहरु छन । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं ।

संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौ ।’

सर्वोच्च आदालतले प्रतिनिधि सभाको पुनस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।