३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग खेल्दैछ । यसैबीच नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने नामिबिया नेपाललाई उसकै घरेलु मैदानमा लगातार दोस्रोपटक हराउने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघिको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।

जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो । जारी प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले एक–एक खेल जितेका छन् ।

यस नामिबियासँग पराजित नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्यो । यस्तै, नेदरल्यान्ड्सले नामिबियालाई हरायो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने यस लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।