२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग खेल्दैछ । यसैबीच नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने नामिबिया नेपाललाई उसकै घरेलु मैदानमा लगातार दोस्रोपटक हराउने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघिको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।

जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो । जारी प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले एक–एक खेल जितेका छन् ।

यस नामिबियासँग पराजित नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्यो । यस्तै, नेदरल्यान्ड्सले नामिबियालाई हरायो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने यस लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।