२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

शरीरलाई शितल बनाउनको साथै यस्ता रहेका छन् कांक्राको ६ फाइदाहरु

शरीरलाई शितल बनाउनको साथै यस्ता रहेका छन् कांक्राको ६ फाइदाहरु
अ अ+ अ-

काठमाडौं । गर्मीमा मानिसको शरीरलाई स्वास्थ्य राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ। गर्मीको समयमा काँक्रा निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ । यसमा ९० प्रतिशत पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन ।

कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । काक्रालाई विभिन्‍न तरिकाले प्रयोग गर्न सकिन्छ । काक्रालाई सलाद, जुस, स्‍याण्डवीच वा त्‍यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ। काक्रामा भिटामिन ए, बी१, बी ६, सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ। 

कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसले डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराब बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ। 

एक अध्‍ययनका अनुसार काक्रामा स्टेरराला नामक यौगिक रहेको हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ । आयुर्वेदिकका अनुसार कांक्रा खानाले खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउने काम गर्दछ। काक्राको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्दछ। नियमितरुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।

यस्ता छन् काक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु :

१) पाचन प्रणाली राम्रो बनाउँछ : काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२) मोटोपना कम गर्छ : काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३) छाला सुन्दर बनाउँछ : अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोहर्‍याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४) पानीको कमी हटाउँछ : काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।

५) मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक : काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६) कपाल लामो बनाउँछ : काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ । (एजेन्सीको सहयोगमा)