९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा मृतकको संख्यामा ८३ जना थपिएका हुन्। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परिक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७३ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । 

कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको मन्त्रालयले जनाएको छ ।