२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ



अ+ अ-

वीरगन्ज । हिंसा भड्कनसक्ने भन्दै वीरगन्ज महानगरपालिकामा सोमबारदेखिको कर्फ्यु आज पनि जारी छ ।

सोमबार दिउँसो वीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेदेखि कर्फ्यु लगाएको थियो ।

सर्वसाधारणको सुविधाका लागि आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खोलिएपनि कर्फ्यु पुन: जारी भएको हो । १० बजे पछि कर्फ्यु पुन: जारी भएपछि महानगरभित्रका पसल तथा सवारीसाधन पूर्णरुपमा बन्द छन् ।

मंगलबार कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरमा लगाइएको कर्फ्युलाई पालना गराउन प्रहरीले मुख्य बजार तथा गल्लीहरुमा समेत पेट्रोलिङ तथा गस्ती गरिरहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।