१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

न्याय सम्पादनमा असर पर्ने गरी अभिव्यक्ति छैन : पूर्वसभामुख ढुङ्गाना

न्याय सम्पादनमा असर पर्ने गरी अभिव्यक्ति छैन : पूर्वसभामुख ढुङ्गाना
अ अ+ अ-

काठमाडौ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताउनुभएको छ ।      
सर्वोच्च अदालतमा आज  उपस्थित भएर उहाँले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ । 
 “सम्मानित न्यायलय राष्ट्रको एकमात्र गैर राजनीतिक, तटस्थ तथा विवेकी सर्वोच्च संस्थाका हैसियतमा आफ्नो विशिष्ट मौलिक पक्ष वा चरित्रका बारेमा पनि सविश्वास खुला शब्दमा दह्रो किसिमले बोलोस् भन्ने यस किसिमको मनासिव उपेक्षा पनि सादर निवेदन गर्दछु ।”
अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गर्नुभएको थियो । 
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले गत माघ १५ गते सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो । सो आदेशअनुसार पूर्वसभामुख ढुङ्गानाले सचेत नागरिकका रूपमा आफूले अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना नहुने हुँदा जवाफ दिँदै मुद्दा खारेज गर्न माग गर्नुभएको छ । 
यसअघि उक्त विवादमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की स्वयम उपस्थित भएर लिखित जवाफ पेश गरिसक्नुभएको छ । प्रतिनिधिसभा विघटनको विषयको विवाद अन्त्य भइसकेको छ ।