१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध
अ अ+ अ-

सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो । अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् ।

नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताउनुभयो । विद्युत्को भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । “जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ”, हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ, विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत् नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौँ निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला रु कल्पनाभन्दा बाहिरको कुरा छ ।” विद्युत्को जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले रासससँग बताउनुभयो ।

चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी प्रयासरत छौँ, हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो । जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ ।”

जमिनमुनिको करिब सात सय ५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ । काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताउनुभयो । विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौँ सम्पर्कमा समस्या भएको उहाँले बताउनुभयो । सन् १९९३ मा निर्माण गरिएको नौ सय ३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता रहेका छन् । रासस