• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

ओली र दाहालसँग माधव नेपालको आग्रह: देश विकासको खाका बनाएर अघि बढौँ



काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार समाजवादी ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुर धाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताउनु भयो । उहाँले सबै बुद्धिजीवि, अनुभव प्राप्त व्यक्तिहरुसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताउनु भयो । उहाँले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेशनमा नपुग्दासम्म कुनैपनि बाटो खाल्डाखुल्डी नहोस् । नभए र देशप्रतिको धारणा राम्रो हुँदैन । हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईले प्रतिफल प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु । नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’

अध्यक्ष नेपालले सडक तथा हवाई मार्ग निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नरहेको टिप्पणी गर्नुभयो । गुणस्तरहिन सडक बनाएर राज्यको ढुकुटीको दोहन गर्ने ठेकेदारलाई कारबाही हुनुपर्नेमा समेत जोड दिनुभयो ।