२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहालसँग माधव नेपालको आग्रह: देश विकासको खाका बनाएर अघि बढौँ



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार समाजवादी ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुर धाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताउनु भयो । उहाँले सबै बुद्धिजीवि, अनुभव प्राप्त व्यक्तिहरुसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताउनु भयो । उहाँले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेशनमा नपुग्दासम्म कुनैपनि बाटो खाल्डाखुल्डी नहोस् । नभए र देशप्रतिको धारणा राम्रो हुँदैन । हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईले प्रतिफल प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु । नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’

अध्यक्ष नेपालले सडक तथा हवाई मार्ग निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नरहेको टिप्पणी गर्नुभयो । गुणस्तरहिन सडक बनाएर राज्यको ढुकुटीको दोहन गर्ने ठेकेदारलाई कारबाही हुनुपर्नेमा समेत जोड दिनुभयो ।