१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती
अ अ+ अ-

पर्वत । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गर्नुभएको हो ।

स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गर्नुभएको हो । २८ वर्ष लामो समय भारतीय सेनामा बिताउनुभएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउखेती सुरु गरेको बताउनुभयो ।

शेरपुजाले युट्युव च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार वटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गर्नुभएको हो । गत वर्षदेखि सुरु भएको स्याउखेतीमा अहिले तीन सय  वटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्षनै झण्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिनुभयो ।

उहाँले समुद्री सतहबाट दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउखेती गर्नुभएको छ । सुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका बिरुवा रोप्नुभएको हो । सुरुआतमा मलखाद नमिलेका कारण २०/२५ वटा बिरुवा मरेको र पुन: भारतवाट एम सात र एमएन १११ जातको नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताउनुभयो ।

धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो । आफुले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताउनुभयो ।

सुरुमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आफैँले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको बताउनुभयो । यस वर्ष थप दुई सय बिरुवा रोप्ने योजना बनाउनुभएका शेरपुजाले आगामी वर्ष एक हजार ५०० बोट विस्तार गर्ने लक्ष समेत राख्नुभएको छ । एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ । शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाउनुभएको छ ।

कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफुले स्याऊका बिरुवा ल्याएर रोपेपछि गाउँलेले जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउखेतीतर्फ सकारात्मक बनेका छन् । शेरपुजाले भन्नुभयो, “पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकीले पनि स्याऊ खेती गर्न उत्साहित बनेका छन् ।” शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिनुभयो ।

अहिले परीक्षणकैरुपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ । “कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउखेती लगाएपछि प्रशस्त आम्दानी हुने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा विताउने योजना रहेको समेत बताउनुभयो ।

स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उहाँको भनाइ छ । शेरपुजा र उहाँकी श्रीमतीले फार्ममा काम गर्दै आउनुभएको छ । उहाँका एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इञ्जिनियर, छोरी भने अस्टे«लियामा हुनुहुन्छ । सहरमा बस्न बाग्लुङ बजारमा सुविधासम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउखेती गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती सुरुवात गरेको उहाँको भनाइ छ । अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउखेती विस्तार गर्ने उहाँको योजना रहेको छ ।

स्याउखेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्यबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उहाँले सुनाउनुभयो । जिल्लामै पहिलोपटक खेती सुरु गरे पनि कुनै निकायवाट सहयोग नपाएको शेरपुजाले बताउनुभयो । रासस