४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । ब्राउन सुगर केसमा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको हो । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । योसँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले सो मुद्धामा ढिलाई भएको प्रहरीले जनाएको छ ।