२५ मंसिर २०८२, बिहीबार
,
Latest
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिन्दी फिल्ममा शक्ति छैन, हेर्न छाडेको छु’



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले फेरि एकपटक भारतीय फिल्म उद्योगलाई निशाना बनाएका छन् । नसीरले एक अन्तर्वार्तामा हिन्दी सिनेमाको वर्तमान अवस्थाबाट आफू निराश भएको बताएका छन् ।

एक कार्यक्रममा नसीरले हिन्दी सिनेमाको इतिहास सय वर्ष पुरानो भएको बताउन पाउँदा गर्व लागेको तर अहिले हिन्दी फिल्म हेर्न छाडेको बताए । उनका अनुसार अहिले चलचित्रकर्मीले यस्तै चलचित्र बनाउन थालेका छन् ।

७३ वर्षीय नसीर हालै एक कार्यक्रममा सहभागी भएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारतीय फ्यानहरूले आफ्नो जरा र जन्मभूमिसँग जोडिएको महसुस गर्ने भएकाले मात्रै हिन्दी फिल्महरू विश्वभर हेरिन्छन् । तर यी कुराहरू जसरी चलिरहेका छन्, त्यसरी नै चलिरह्यो भने सबैलाई छिट्टै अल्छी लाग्छ ।’

नसीरले थपे, ‘निर्माताले फिल्मलाई पैसा कमाउने माध्यम मात्रै हेर्न नछाड्दासम्म सुधार हुँदैन । गम्भीर चलचित्र बनाउन चाहनेहरुको दायित्व आजको यथार्थलाई आफ्नो चलचित्रमा देखाउनु हो । यद्यपि, उनीहरूले यो काम यसरी गर्नुपर्नेछ कि उनीहरूविरुद्ध कसैले फतवा नजाओस् र ईडीले उनीहरूको ढोका ढकढकाउन नपरोस् ।’

नसीर फिल्मभन्दा वेब सिरिजमा बढी सक्रिय छन्
नसीरको अन्तिम फिल्म गत वर्ष रिलिज भएको ‘कुट्टे’ थियो । यसअघि उनी २०२२ मा दीपिका पादुकोण अभिनित फिल्म ‘गहराईं’ मा देखिएका थिए । आजकाल नसीर फिल्मभन्दा वेब सिरिजमा बढी देखिन्छन् । गत वर्ष उनका तीनवटा वेब सिरिज ‘ताज’, ‘सास, बहू और फ्लेमिङ्गो’ र ‘चार्ली चोपडा एण्ड द मिस्ट्री अफ सोलाङ भ्याली’ रिलिज भएका थिए ।