१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

काँग्रेस नेताहरु भन्छन्: जनताको अवस्थामा सुधार ल्याउन महासमिति बैठकले ठोस नीति तय गर्छ

काँग्रेस नेताहरु भन्छन्: जनताको अवस्थामा सुधार ल्याउन महासमिति बैठकले ठोस नीति तय गर्छ
अ अ+ अ-

काठमाडौँ । मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली काँग्रेसका महासमिति सदस्यहरुले गरेका छन् ।

सोमवारबाट गोदावरीमा शुरु भएको चार दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय लिन सो बैठक सफल हुने प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भईरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने बताउनु भयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘१४ औ महासमिति भेलाको हामी संघारमा छौं । र यो भेलाबाट हामीलाई पूर्णरुपमा विश्वास छ– हरेक महासमिति भेलाले देशका सबै संकटहरुलाई पार लगाएको छ । र अहिले संकटको घडीमा मुलुकमा आर्थिक मन्दीदेखि लिएर नेपाली जनतामा जुन निराशा छाएको छ । यो हाम्रो जुन चार दिने महासमिति भेला छ । यसले फेरी पनि निराश भएका नेपाली जनतालाई ऊर्जा दिन यो महासमिति भेला सफल हुनेछ । पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा हामीलाई पूर्णरुपमा विश्वास छ । व्यवस्थामाथि जुन चौतर्फी रुपमा प्रहारका कोशिसहरु भएका छन् । यो भेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाएर लैजाने कुरामा हामी सबैलाई पूर्ण विश्वास छ । ’

अर्का महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली काँग्रेसले सो बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

महासमित सदस्य कनौडियाले भन्नुभयो, ‘यो महासमितिबाट जनताको जुन अपेक्षा छ नि । अहिले नेपाली काँग्रेसले नीतिगत अवधारणाहरुमा प्रष्ट हुनुपर्नेछ । अहिले कुनै पनि स्टेबल गोरर्मेन्ट बन्न सकिराखेको छैन समानुपातिकले गर्दाखेरी । त्यसको स्टेविलिटीको बाटो के हुनसक्छ ? हिन्दु राज्यको बारेमा पनि मुद्दा छ । अन्य थुप्रै मुद्दाहरु संगठन अन्तर्गत केही मान्छेहरुले पटकपटक अवसर पाइरहने, अरुले नपाउने, नहुने, संगठित सदस्यहरुबारेको विवाद समाधान गर्नुपर्ने जनताको र कार्यकर्ताको अपेक्षा छ । ती समस्या सम्बोधन होस भन्ने अपेक्षा गरेका छांैं ।’

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगिकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिनुभयो । उहाँले जनताको समस्या समाधान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताउनु भयो ।

महासमिति सदस्य श्रेष्ठले भन्नुभयो, ‘देशमा विद्यमान अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुरालाई निस्तेज पार्दै समृद्ध नेपाल बनाउनका लागि यो महासमिति बैठकले काँग्रेसको नीतिगत सुधार गर्नेछ । जसले गर्दा नेपाली जनताले भोग्दै आएका कठिनाईहरुलाई न्युनिकरण गर्ने र समाजवादलाई परिस्कृत गर्ने खालका कुराहरु आउँछ । जसले पछाडि पारेका समुदायलाई पनि समेटेर यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

काँग्रेस महासमिति बैठक ४ दिनसम्म चल्नेछ ।