३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र आर्सनलको पक्कड



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् । म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।

त्यस्तै आर्सनलले बेनफिकालाई ३–२ ले हरायो । टोली समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएपछि उसको चुनौती समाप्त भएको हो ।

स्लाभिया समग्रमा २–० ले अगाडि रह्यो । बिहीबारका खेलबाट रेन्जर्स, आयाक्स, ग्रेनेडा, भिल्लारियल, योङ ब्वाइज र डायनामो किभ पनि अन्तिम १६ पुगेका छन् ।