१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी: अध्यक्ष तिमिल्सिना
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस–२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले एक शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई संविधानको प्रस्तावनामा अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादेन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।

“प्रजातन्त्रकै जगमा रहेर वर्तमान नेपालको संविधानमार्फत जनतामा नीहित सार्वभौमसत्ता, स्वशासन र स्वायत्तताको अधिकार प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अवलम्बन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकहरूमा स्वतन्त्रताको अधिकारको संरक्षण प्रदान गरी सम्मानपूर्वक बाच्ँन पाउने अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ ।”

शुभकामना सन्देशमा कठिन सङ्घर्ष, चुनौती त्याग र बलिदानको फलस्वरुप निरंकुश राणाशासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने उल्लेख छ । नेपाली जनताको प्रजातन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण प्रजातन्त्रको स्थापना सम्भव भएको उहाँको भनाइ छ ।

“स¬ङ्घ, प्रदेश र स्थानीय तहको राजनीतिक तथा शासकीय संरचनामार्फत शासन, विकास र सेवा प्रवाहको अवसर र लाभ वितरण प्रत्यक्षरूपमा जनस्तरमा प्राप्त भएको छ”, सन्देशमा भनिएको छ, “यसले स्थानीय नागरिकहरूमा सरकार र शासनको अपनत्वको भावना विकास भई स्थानीय स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत देश विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।”

नेपालको एक सय चार वर्ष लामो निरङ्कुश तथा जहानिय तानाशाही राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति अध्यक्ष तिमिल्सिनाले भावपूर्ण श्रदाञ्जलि अर्पण गर्नुभएको छ । रासस