१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस मूल समारोहमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । समारोहमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस