१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताकै मुखबाट पार्टीको धारणा बुझौं सञ्चारमाध्यामबाट होईन– नारायणकाजी श्रेष्ठ



file
अ+ अ-

काठमाडौ । नेकपा नेपाल –दाहाल समुहका नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन संवेदनशील मोडमा पुगेको जनाउनु भएको छ । सामाजिक सञ्जाल मार्फत नेता श्रेष्ठले भन्नुभएको छ– सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन, सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा  छौं । 

नेता श्रेष्ठले सञ्चार माध्यमका आ–आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गर्न आग्रह गर्दे सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्ने पनि जनाउनु भएको छ ।

उहाँले संञ्चारमाध्यामको  दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न नसक्ने र उचित पनि हुँदैन भन्दे तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझन पनि आग्रह गर्नुभएको छ ।