१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत कांग्रेस नेता जोशीलाई सभापति देउवा र नेता सिंहद्वारा स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले अस्पतालमा उपचाररत पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नुर्भको छ । नेता नवीन्द्रराज जोशी यतिबेला मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

सभापति देउवाले 'नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।' भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ । त्यस्तै वरिष्ठ नेता प्रकाशमान सिंहले पनि 'नेपाली कांग्रेसका युवा नेता, कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जय नेपाल ।' भनी लेख्नु भएको छ । 

नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर नै रहेको अस्पतालले जनाएको छ । नेता जोशीको आकस्मिक अपरेसनको तयारी थालिएको छ ।