१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो रियल मड्रिड



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ । गएराति भएको खेलमा रियलले रायो भलेकानोसँग उसको घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दे अंक बाँडेको हो ।

खेलको तेस्रो मिनेटमा नै रियलले जोसेलुको गोलबाट अग्रता बनाएको थियो । २७ औं मिनेटमा राउल डी टोमासले गोल गर्दै भलेकानोलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँडे ।

बराबरीपछि पनि रियल २५ खेलबाट ६२ अंकका साथ शीर्षस्थानमा यथावत छ । भलेकानो २५ अंकका साथ १४ औं स्थानमा छ ।