काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थी नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् ।
काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको भन्दै उनीहरुले आइतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै कालोमोसो दलेका हुन् ।
उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।
अनेरास्ववियू (क्रान्तिकारी)ले उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि प्रश्न उठाएको छ । क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्य शक्ति दुरुपयोग गर्दै श्वेत तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको उनीहरुको ठहर छ ।










