२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशको परिवेशमा आधारित उपन्यास ‘क्षमादान’ आगामी साता सार्वजनिक



अ+ अ-

काठमाडौं ।आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक‘क्षमादान’ सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

‘सिमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ । उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन । लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै भने । 'साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए । म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ ।' 

प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर बिरगंजमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । त्यसैले यस किताबले त्यही नाटकीय शैलीलाई अंगालेको पाउँदा त्यति आश्चर्य लाग्दैन । रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विस्वस्त देखिन्छन् ।

हामी बहुमुखी आवाजहरूलाई प्रकाशित गर्नमा प्रतिबद्ध छौं, प्रकाशनका तर्फबाट भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै भनिन् । जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथाबस्तुलाई लेखकले सटीक पाराले उजागर गरेका छन् जुन समुदाय विगतका केही दशकदेखि राजनैतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित भएको छ । उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन । यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतारित डोर्‍याउँछ भन्ने आश राख्छौं ।

लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन् । यस पब्लिकेसन्सबाट वीरगन्जु शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो । हामी यही किताबका साथ मधेस जादैछौ र त्यहीँबाट हाम्रो यस वर्षको प्रकाशन यात्रा शुरु हुँदैछ । यो हाम्रा निम्ति एउटा सार्थक अवसर हो । महामारी र लकडाउन खेपेको पुस्तकबजारले नौलो चहलपहलका निम्ति आवाज उठाइरहेको छ । पब्लिकेसन्स नेपालयकी सीईओ सैजन मास्केले भनिन् । पुस्तक बजार बिस्तार नयाँ किताबका निम्ति तयार भएको देखिन्छ । आशा छ क्षमादानु ले पाठकहरूलाई आकर्षित गर्ने छ ।

नेपाली बजारका निम्ति गणेशप्रसाद लाठको पुस्तक क्षमादानको मूल्य रू ४९५ तय गरिएको छ । किताब देशका प्रमुख पुस्तक पसलहरूमा सहज उपलब्ध हुनेछ । पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कम  (www.thuprai.com)  बाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वभर उपलब्ध हुने नेपालयले जनाएको छ ।