• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

‘दंगल गर्ल’ सुहानीको १९ वर्षकै उमेरमा निधन



एजेन्सी । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

सुहानीलाई डर्मेटोमायोसाइटिस (मांशपेशीमा सूजन हुने दुर्लभ रोग)को निदान गरिएको थियो, जुन घातक छ । गत मंगलबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।

यो दुर्लभ रोगको उपचारका लागि चिकित्सकहरूले सुहानीलाई स्टेरोइड दिन थालेपछि सुहानीको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्यो । शरीरमा इन्फेक्सन भयो र त्यसपछि पानी भरिन थाल्यो ।

आईसीयूमा भर्ना हुँदासम्म उनको फोक्सो बिग्रिएको थियो । अक्सिजनको मात्रा पनि निकै कम भयो । उनलाई भेन्टिलेटरमा राखियो तर अक्सिजनको मात्रा बढेन ।

यही प्रतिक्रियाका कारण शुक्रबार साँझ दिल्लीको एम्समा उनको निधन भएको हो । शनिबार सुहानीको फरीदाबाद सेक्टर १५ स्थित अजरौंडा श्मशान स्थलमा अन्त्येष्टि गरिएको थियो ।

सुहानीको निधनको खबर पाएपछि आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेख्यो – ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौं । उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना । सुहानी एक धेरै प्रतिभाशाली केटी थिइन्, उनले सधैं एक टोली खेलाडीको रूपमा काम गरिन् । उनीबिना नाच अधुरो हुन्थ्यो । सुहानी तिमी सधैं हाम्रो मनमा तारा बन्नेछौ ।’

सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।