१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पती शुद्धिकरण सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा



अ+ अ-

काठमाडौँ । सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

आईतवार बसेको राष्ट्रिय सभको बैठकले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सर्वसम्मतिले स्वीकृत गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते शुक्रवार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।