३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् ।

आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका हुन् । जसमा सांसदहरुले देशको अर्थतन्त्र, विकास निर्माण, जलबायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा वित्तिय क्षेत्रको समस्या समाधान लगायत प्रश्न प्रधानमन्त्री समक्ष राखेका छन् ।

प्रश्नोत्तरको सुरुमै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताउनुभएको थियो । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

यस्तै, प्रधानमन्त्रीले नेकपा एमालेले मध्यपहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको छ ।

यसैगरी, उहाँले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री-सांसदको प्रश्नोत्तरको पूर्णपाठ

Loading...