• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

थाहा पाउनुहोस्, कुन उमेरमा छालाको स्याहार कसरी गर्ने ?



काठमाडौं । सुन्दरता प्राप्त गर्न छालाको स्याहार निकै महत्वपूर्ण हुन्छ । महिला तथा पुरुष दुवैले आफ्नो अनुहारको चमक कायम राख्न विशेष ख्याल राख्नुपर्ने हुन्छ । मानिसको उमेरअनुसार छालाको प्रकृति फरक–फरक बन्दै जान्छ । त्यसैले सबै उमेरमा एउटै किसिमको उपचार तथा ब्युटी प्रोडक्ट प्रयोग गर्नु उपयुक्त नहुन सक्छ । आफ्नो अनुहारलाई सुन्दर तथा स्वस्थ्य बनाइराख्न उमेरअनुसार हेरचाह गर्न ध्यान दिनुपर्ने विषयका बारेमा ट्रेन्ड सेटर्सका म्यानेजर धनेष खड्काका सुझाब यस्ता छन्स्

१३ देखि १९ वर्ष उमेरमा
यो टिनएजरको उमेर हो । यो उमेरमा कुनै पनि केमिकल प्रयोग नगर्नु नै राम्रो हुन्छ । गर्नैपर्ने अवस्था आएमा पनि हर्बल तथा फ्रुट ट्रिटमेन्ट गर्नु उत्तम हुन्छ । हर्बलअन्तर्गत अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउन सकिन्छ । तर, अहिलेको आधुनिक युगमा खानपान स्वास्थकर नहुँदा अनुहारमा विभिन्न रोगहरू जस्तै, डन्डिफोर, दाँद आउँछ । यसलाई उपचार गर्नु आवश्यक पनि हुन्छ । यस्तो समस्या आउँदा घरेलु उपचारले नभएमा छाला रोग विशेषज्ञ कहाँ जानुपर्छ ।

२० देखि ३० वर्षको उमेरमा
यो उमेरमा मानिसको छाला गुलाबी हुन्छ । यो उमेरमा साबासियस ग्रन्थि धेरै नै सक्रिय हुन्छ । यो ग्रन्थिले छालाको सुरक्षा गर्नुका साथै नरमपना दिन्छ । यसले अनुहारमा देखिन चाउरीपनालाई पनि कम गराउँछ । तर, यो ग्रन्थिले हरेक समय छालालाई राम्रै गर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा यसले छालाको छिद्र खोल्ने र बन्द गर्ने गर्दा अनुहारमा पिम्पल अथवा छालामा रुखोपना ल्याउँछ । यो उमेरमा ज्यादा पौष्टिक खाना नखानाले छालामा असर देखिनुका साथै गुलाबीपना पनि हराउन थाल्छ । यो समयमा छालाको क्लिन्जिङमा बढी ध्यान दिनुपर्ने हुन्छ । त्यसैले बिहान–बेलुका क्लिन्जिङ मिल्कको प्रयोग गर्न भुल्नु हुँदैन । यसले छालाको छिद्रलाई सफा गरी साबासियस ग्रन्थि बढी बन्दैन । यदि छाला तैलीय छ भने आयल फ्री क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ ।

३० देखि ४० वर्ष उमेरमा
यो उमेरमा छालामा नरमपना र पोषण प्राप्त गर्नु आवश्यक हुन्छ । छालामा कोलेजनको कमी भई छालाको लचकतामा कमी आउँछ । यसका लागि एन्टिएजिङ क्रिमको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यो उमेरमा मोस्चराइजरको मात्राले पुग्दैन । स्किम सिरनको पनि प्रयोग गर्नुपर्छ । जसबाट छालामा मसिना रेखाहरू बन्न पाउँदैन । सुत्नुपूर्व धेरै मस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेयर क्रिमको प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।

४० देखि ५० वर्षको उमेरमा
यो उमेरमा मानव शरीरमा हार्मोनको उतारचढावको प्रभाव छालामा देखिन्छ । त्यस्तै, यो उमेरमा स्टोजनको स्तर बिग्रन थाल्छ । यो तन्तुले छालालाई प्रभावकारी बनाउने काम गर्छ । विशेषगरी यही उमेरमा छालामा गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ, जसले छालालाई कसिलो बनाउँछ । बदाम एवं प्रोटिनयुक्त सिरमको प्रयोग यो उमेरमा आवश्यक पर्छ । यसले अनुहारको छालालाई एकै किसिमको बनाउँछ । त्यस्तै, यो उमेरमा पानी तथा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो उमेरमा अनिद्रा छालाका लागि निकै खतरनाक मानिन्छ । त्यसका लागि राम्रो नाइट क्रिमको प्रयोग गर्न सकिन्छ । यही उमेरमा आँखा र ओठको वरिपरि चाउरीपना देखिन थाल्छ ।

५० देखि ६० वर्षको उमेरमा
पाँच दशकको उमेर कटिसकेपछि छालाको चमक कायम राख्न धेरै गाह्रो हुन्छ । यो उमेरमा छालामा धेरै दाग देखिन थाल्छ । यसका लागि कोजिक एसिडको प्रयोग गर्नुपर्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौँ । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पाइन्छ । यो निकै प्रभावकारी हुन्छ । यो उमेरमा जैतुन, सोयाबिन, अनारको सेवन गर्नु राम्रो हुन्छ । छाला खुम्चिनबाट जोगाउन गुणस्तरीय मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

६० वर्षको उमेरमाथि
यो उमेरमा पुगिसकेपछि छाला परिपक्व हुन्छ । तसर्थ, सतर्कतापूर्वक छालाको हेरचाह गर्नुपर्छ । यो उमेरपछि मानिसको छाला खुकुलो हुँदै जान्छ । यसलाई रोक्न हामीले केही घरेलु तथा आधुनिक उपाय पनि अपनाउन सक्छौँ । घरेलु उपायअन्तर्गत अन्डाको पहेँलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध तथा मह मिश्रण गरी पेस्ट बनाई छालामा लगाउने । सुकेपछि होसियारीपूर्वक कपासमा पानी भिजाएर पुछ्ने ।

आधुनिक उपायअन्तर्गत बजारमा पाइने क्रिम गुणस्तरीय छनोट गर्नुपर्छ । यस्तो क्रिम क्याल्सियम रिच डे क्रिम हुनुपर्छ । छालामा धेरै सुक्खापन भएको खण्डमा छालारोग विशेषज्ञको सल्लाह लिँदा राम्रो हुन्छ । (एजेन्सीको सहयोगमा)