३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

थाहा पाउनुहोस्, कुन उमेरमा छालाको स्याहार कसरी गर्ने ?

थाहा पाउनुहोस्, कुन उमेरमा छालाको स्याहार कसरी गर्ने ?
अ+ अ-

काठमाडौं । सुन्दरता प्राप्त गर्न छालाको स्याहार निकै महत्वपूर्ण हुन्छ । महिला तथा पुरुष दुवैले आफ्नो अनुहारको चमक कायम राख्न विशेष ख्याल राख्नुपर्ने हुन्छ । मानिसको उमेरअनुसार छालाको प्रकृति फरक–फरक बन्दै जान्छ । त्यसैले सबै उमेरमा एउटै किसिमको उपचार तथा ब्युटी प्रोडक्ट प्रयोग गर्नु उपयुक्त नहुन सक्छ । आफ्नो अनुहारलाई सुन्दर तथा स्वस्थ्य बनाइराख्न उमेरअनुसार हेरचाह गर्न ध्यान दिनुपर्ने विषयका बारेमा ट्रेन्ड सेटर्सका म्यानेजर धनेष खड्काका सुझाब यस्ता छन्स्

१३ देखि १९ वर्ष उमेरमा
यो टिनएजरको उमेर हो । यो उमेरमा कुनै पनि केमिकल प्रयोग नगर्नु नै राम्रो हुन्छ । गर्नैपर्ने अवस्था आएमा पनि हर्बल तथा फ्रुट ट्रिटमेन्ट गर्नु उत्तम हुन्छ । हर्बलअन्तर्गत अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउन सकिन्छ । तर, अहिलेको आधुनिक युगमा खानपान स्वास्थकर नहुँदा अनुहारमा विभिन्न रोगहरू जस्तै, डन्डिफोर, दाँद आउँछ । यसलाई उपचार गर्नु आवश्यक पनि हुन्छ । यस्तो समस्या आउँदा घरेलु उपचारले नभएमा छाला रोग विशेषज्ञ कहाँ जानुपर्छ ।

२० देखि ३० वर्षको उमेरमा
यो उमेरमा मानिसको छाला गुलाबी हुन्छ । यो उमेरमा साबासियस ग्रन्थि धेरै नै सक्रिय हुन्छ । यो ग्रन्थिले छालाको सुरक्षा गर्नुका साथै नरमपना दिन्छ । यसले अनुहारमा देखिन चाउरीपनालाई पनि कम गराउँछ । तर, यो ग्रन्थिले हरेक समय छालालाई राम्रै गर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा यसले छालाको छिद्र खोल्ने र बन्द गर्ने गर्दा अनुहारमा पिम्पल अथवा छालामा रुखोपना ल्याउँछ । यो उमेरमा ज्यादा पौष्टिक खाना नखानाले छालामा असर देखिनुका साथै गुलाबीपना पनि हराउन थाल्छ । यो समयमा छालाको क्लिन्जिङमा बढी ध्यान दिनुपर्ने हुन्छ । त्यसैले बिहान–बेलुका क्लिन्जिङ मिल्कको प्रयोग गर्न भुल्नु हुँदैन । यसले छालाको छिद्रलाई सफा गरी साबासियस ग्रन्थि बढी बन्दैन । यदि छाला तैलीय छ भने आयल फ्री क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ ।

३० देखि ४० वर्ष उमेरमा
यो उमेरमा छालामा नरमपना र पोषण प्राप्त गर्नु आवश्यक हुन्छ । छालामा कोलेजनको कमी भई छालाको लचकतामा कमी आउँछ । यसका लागि एन्टिएजिङ क्रिमको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यो उमेरमा मोस्चराइजरको मात्राले पुग्दैन । स्किम सिरनको पनि प्रयोग गर्नुपर्छ । जसबाट छालामा मसिना रेखाहरू बन्न पाउँदैन । सुत्नुपूर्व धेरै मस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेयर क्रिमको प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।

४० देखि ५० वर्षको उमेरमा
यो उमेरमा मानव शरीरमा हार्मोनको उतारचढावको प्रभाव छालामा देखिन्छ । त्यस्तै, यो उमेरमा स्टोजनको स्तर बिग्रन थाल्छ । यो तन्तुले छालालाई प्रभावकारी बनाउने काम गर्छ । विशेषगरी यही उमेरमा छालामा गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ, जसले छालालाई कसिलो बनाउँछ । बदाम एवं प्रोटिनयुक्त सिरमको प्रयोग यो उमेरमा आवश्यक पर्छ । यसले अनुहारको छालालाई एकै किसिमको बनाउँछ । त्यस्तै, यो उमेरमा पानी तथा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो उमेरमा अनिद्रा छालाका लागि निकै खतरनाक मानिन्छ । त्यसका लागि राम्रो नाइट क्रिमको प्रयोग गर्न सकिन्छ । यही उमेरमा आँखा र ओठको वरिपरि चाउरीपना देखिन थाल्छ ।

५० देखि ६० वर्षको उमेरमा
पाँच दशकको उमेर कटिसकेपछि छालाको चमक कायम राख्न धेरै गाह्रो हुन्छ । यो उमेरमा छालामा धेरै दाग देखिन थाल्छ । यसका लागि कोजिक एसिडको प्रयोग गर्नुपर्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौँ । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पाइन्छ । यो निकै प्रभावकारी हुन्छ । यो उमेरमा जैतुन, सोयाबिन, अनारको सेवन गर्नु राम्रो हुन्छ । छाला खुम्चिनबाट जोगाउन गुणस्तरीय मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

६० वर्षको उमेरमाथि
यो उमेरमा पुगिसकेपछि छाला परिपक्व हुन्छ । तसर्थ, सतर्कतापूर्वक छालाको हेरचाह गर्नुपर्छ । यो उमेरपछि मानिसको छाला खुकुलो हुँदै जान्छ । यसलाई रोक्न हामीले केही घरेलु तथा आधुनिक उपाय पनि अपनाउन सक्छौँ । घरेलु उपायअन्तर्गत अन्डाको पहेँलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध तथा मह मिश्रण गरी पेस्ट बनाई छालामा लगाउने । सुकेपछि होसियारीपूर्वक कपासमा पानी भिजाएर पुछ्ने ।

आधुनिक उपायअन्तर्गत बजारमा पाइने क्रिम गुणस्तरीय छनोट गर्नुपर्छ । यस्तो क्रिम क्याल्सियम रिच डे क्रिम हुनुपर्छ । छालामा धेरै सुक्खापन भएको खण्डमा छालारोग विशेषज्ञको सल्लाह लिँदा राम्रो हुन्छ । (एजेन्सीको सहयोगमा)