२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा !



अ+ अ-

एजेन्सी। विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा फेला परेको छ । वयस्क ब्ल्याक प्यान्थर काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै भेटिएको हो । 

ब्ल्याक प्यान्थरलाई त्यहाँका स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ फेला परेपछि जिल्ला वन कार्यालय काभ्रेले अनुसन्धान शुरु गरेको जनाइएको छ । ब्ल्याक प्यान्थर चितुवा वर्गमा पर्ने गर्छ । 

तस्बिरमा देखिए जस्तै ब्ल्याक प्यान्थर को पुरै शरिर कालो रंगको हुन्छ । काभ्रेमा फेला परेको यो चितुवा  ६ फिट लम्बाई र ३ फिट उचाइ भएको बताइएको छ । यसको उमेर करिब १० वर्षको रहेको अनुमान लगाइएको छ । 

अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्ने यो ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । ब्ल्याक प्यान्थर के कारणले मरेको भन्ने खुल्न सकेको छैन ।