२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाले टाईम



अ+ अ-

म, ग्लोबल भिलेजकी आईमाई 
रातो गुलाबले पुलकित भएदेखि नै
भालेहरुले सडक तताएर युद्धको शंखनाद गरिरहँदा,
सिउँदो पुछिएका र काख रित्तिएका कयौं आमाहरुलाई
फिटिक्कै अनुस्मृति गर्न नसक्ने संवेदनहीन भएकी छु ।

म, फेमिनिजमको वकालत गर्ने आईमाई !
रातो गुलाबले आफू मातिएपछि 
भालेहरुले दिनदहाडै बलात्कार र हत्या गरिरहँदा
न्यायको होईन तर, राजनीतिक ऐजेण्डाको ब्यानरलाई
स्वेच्छाले उठाउँने एक बौद्धिक अपाङ्ग भएकी छु ।

म, स्मार्टफोन बोकेर हिड्ने आईमाई !
रातो गुलाबको चंगुलभित्र परेपछि
भालेहरुले खुलेआम करोडौंको भ्रष्टाचार गरिरहँदा  
नापेर पेट भर्ने अनगिन्ती टाउकाहरुको भोको दृष्यलाई
औचित्यरहित संझने दृष्टिकोणहीन  भएकी छु ।

म, आफ्नै धरातल बिर्सिएकी आईमाई !
रातो गुलाबको खोक्रो आकर्षण र,
भाले टाईमको प्रेमास्पद नाटकबाट 
अविलम्ब छुटकारा पाउॅन चाहन्छु
खोई ? कहिले आउँछ मेरो मस्तिष्क हल्लाईदिने  
एउटा सिंगो युगको नविन वैचारिक कम्पन ?