काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको हो ।
आज ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।
साथै शुक्रबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।











